८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ग्रेटर नेपालले भारतको सिमामा राष्ट्रिय झण्डा फहरायो


३ पुस २०७६, बिहिबार  

0
Shares

३ पुस ०७६, दार्चुला । राष्ट्रिय झण्डा दिवसको सन्र्दभ पारेर ग्रेटर नेपाल राष्ट्रबादी मोर्चाका अध्यक्ष फडिन्द्र नेपाललगायतको टोली दार्चुला पुगेर नेपालको झण्डा फहराएको छ । ग्रेटर नेपाल अभियानले महाकाली नदि किनारमा रहेको दार्चुला बहुमुखी क्याम्पसमा झण्डा फहराएको हो । झण्डा भारततर्फ फर्काएर फहराइएको बताइएको छ । झण्डा फहराउने क्रममा क्याम्पस प्रमुख कृष्णसिंह साउद समेत सहभागी हुनु हुन्थ्यो ।
झण्डा फहराएपछि आयोजित अन्र्तक्रियामा नेपालले नेपाल सरकार भारत सामु निरिह बनेको तर्क गर्नुभयो । उहाले सिमा क्षेत्रमा रहेर नेपाली समुदायले सिमा रक्षाको लागि योगदान गरेको चर्चा गर्दै काठमाडौं बसेर राष्ट्रबादी बन्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।

नेपाललाई सम्मान
ग्रेटर नेपालका अध्यक्ष फडिन्द्र नेपाललाई दार्चुलाको खलंगास्थित महाकाली नदिनजिकै स्थानीयबासीले नागरिक अभिनन्दन गरेका छन् । आभिन्दन कार्यक्रममा स्थानीय बद्धिजीबि,पत्रकार,नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो ।
साथै उहालाई प्रेम सिंह धामी प्रतिष्ठानले उहाँलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  २ : ३६ बजे