८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बदलिदो दक्षिण ललितपुरको दृश्य


४ पुस २०७६, शुक्रबार  

0
Shares

भट्टेडाँडामा भुकम्पपछि बनाइएका नयाँ घरहरु । तस्विर ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी

२ पुस ०७६, ललितपुर । आजकल दक्षिण ललितपुरको गाँउ बस्ती डुल्ने जो कोहीलाई नौलो अनुभूति हुन्छ । जस्तापाताले छाएको पुराना घर विरलै भेटिन्छन् । त्यसको साटो शहरको जस्तै ढलान गरिएका अग्ला घर बस्तीभरि बनेका छन् । गाँउमा बाटो लैजाने क्रममा पहाड भत्केका छन् ।

प्युटार गाँउमा बनाइएको ग्रामिण सडक ।

तर बस्ती उजाड छ । आजकल गाँउमा बुढाबुढी भेटिन्छन्, कि त केटाकेटी । केटाहरु कि त शहर पसे । नत्र विदेश । कतिपय जग्गा बाँजो छोडेर चापागाँउ, भ,mरुवाराशी,धापाखेल,इमाडोल, हरिसिद्धलगायत शहरतिर बसाई सरिसके ।

कान्ति लोकमार्ग निर्माणो क्रममा माटो फ्याक्दा देखिएको पहिरो ।

राज्य पुर्नसंरचनापछि दक्षिण ललितपुरमा स्थानीय सरकार गठन भएको छ । स्थानीय सरकारको आगमनपछि गाँउमा एक किसिमको पुर्नजागरण आएको छ । लाखको बजेट आउने गाँउमा अहिले करोडका योजना बन्दैछन् ।

प्युटार मकवानपुर जोड्ने पुल ।

ललितपुरको प्युटारमा प्राविधिक शिक्षा पढाई हुन्छ । यही १५ शैयाको अअस्पताल बन्दैछ । बगुवा प्युटार आश्राङ्ग गिम्दी, ठुलादुलुङ्ग हुँदै कालोश्वर चन्दनपुर सडक २ लेन सडक कालोपत्रे सहित विस्तार हुदैछ । उता गोटिखेल बजार आजकल गुल्जार छ । शहरका सबैजसो कार्यालयको सेवा केन्द्र यहाँ खुलेका छन् । गाँउ बस्तीको बजार यही हो ।

 

कान्तिलोकपथ निर्माणको क्रममा जोडर र ब्रेकर ।
प्युटारमा निर्माण गरिएको ढलान घर ।
प्युटार सिम्ले सडक निर्माणका क्रममा ।
भुकम्पले घर भत्काएपछि बनाइएको झुपडी ।
प्युटारमा निर्माणाधिन अस्पताल ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : १५ बजे