८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको पोखरीमा भेटियो युवकको लास


१० पुस २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१० पुस ०७६, चापागाँउ । चापागाँउ बजारमा रहेको भैरव मन्दिरपरिसरमा रहेको पोखरीमा एक युवकको लास फेला परेको छ ।
शवको प्रकृति हेर्दा ४÷५ दिन अघि नै डुवेको हुनसक्ने महानगरिय प्रहरी बृत चापागाँउका इन्पेक्टर विरेन्द्र पनेरुले ललितपुर खबरलाई बताउनु भयो । उहाँले भन्नु भयो, १४÷१५ दिनदेखि सम्पर्कमा नआएको भन्ने सुनिएको र थप अनुसन्धान भइरहेको छ ।


प्रारम्भिक अनुसन्धानपछि वगुवाको व्यक्तिको नाम रमेश भुलुन सुन्नमा आएकोे तर पुष्टि भइनसकेको जानकारी पनेरुले दिनुभयो ।
सम्वन्धित आफन्तहरुलाई खबर भइसकेको र विहीबार साँझसम्म आईपुग्ने खबर पाएको पनेरुले बताउनु भयो । उहाका अनुसार सम्बिन्धित व्यक्तिहरु सम्पर्कमा आएपछि पोष्ट मार्टम हुनेछ ।
बुधबार विहान स्थानीयबासीले पोखरीमा टाउको डुवेको अवस्थामा युवक देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ११ : ११ बजे