६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका भोस्ले र राष्ट्रपति भण्डारीबीच भेटघाट


११ पुस २०७६, शुक्रबार  

0
Shares

गायिका आशा भोस्ले राष्टपति विद्यादेवि भण्डारीसँग भेटघाटका क्रममा तस्विर खिचाउदै ।

११ पुस ०७६, काठमाडौं । भारतीय चर्चित गायिका आशा भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको छ । भोस्लेले आज राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग आज भेटघाट गर्नुभएको हो । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उहाँ बुधबार नेपाल आउनुभएको हो । साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आउनुभएको हो ।
राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । ‘उहाँका गीतबाट राष्ट्रपति भण्डारी निकै प्रभावित हुनुहुँदो रहेछ ।’, मोक्तानले भन्नुभयो, ‘भोस्लेसँग भेट गर्न पाउँदा राष्ट्रपति धेरै खुशी हुनुभयो ।’ भेटमा देशको समसामयिक घटनाक्रमका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । ‘भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई अवगत गराउनुभयो ।’ , मोक्तानले भन्नुभयो, ‘विमानस्थलमा नेपाली संस्कृतिले गरेको स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।’
शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउनु हुनेछ । उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन् । केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आउनुभएको छ । भोलि हुन लागिरहेको कार्यक्रमले नेपालको साङ्गीतिक क्षेत्रमा दीर्घकालीन महत्व राख्ने मोक्तानले बताउनुभयो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : ४० बजे