६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कुलमान घिसिङले गरे विजुली बत्तीको गीत सार्वजनिक


१२ पुस २०७६, शनिबार  

0
Shares

गीत सार्वजनिक गर्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

१२ पुस ०७६, काठमाडौं । विद्युतीय सुरक्षा सम्बन्धी गीत बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिमोचन गरेका छन् । उर्जा र वातावरणका लागि महिला सञ्जाल नेपालले आयोजना गरेको विद्युतीय दुर्घटना र न्यूनीकरणका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा ललितपुरका सर्जक तथा गायक मिठाराम केसीको उक्त गीतलाई विमोचन गरिएको हो ।
पछिल्लो समयमा प्रमुख चुनौती बन्दै गईरहेको विद्युतीय दुर्घटना र जोखिम न्यूनीकरणका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो
धेरै वर्ष पहिलेदेखि सामाजिक चेतना, सन्देशमुलक र जागरणका गीतहरु गाउँदै आएका ललितपुरका मिठाराम केसीले यसपटक विद्युतीय सुरक्षा सचेतना सम्बन्धी गीत गाएका हुन् ।यस गीतलाई संगीतकार शीलाबहादुर मोक्तानले संगीत दिएका छन् । गीतमा स्वर मिठाराम केसी , सुनिता दुलाल र ज्ञानु केसीको रहेको छ । फुलचोकी कलाकर्मी समूहको प्रस्तुतिको रुपमा आएको यो गीतलाई उर्जा र वातावरणका लागि महिला संजालले निर्माण गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय क्षेत्रमा लोडसेडिंग पछिको सबैभन्दा विकराल चुनौती विद्युतीय सुरक्षा चुनौती नै रहेको भन्दै सुरक्षा न्यूनीकरणका लागि जनचेतनामुलक गीत सिर्जना गर्ने सर्जक र निर्माण गरी सहयोग गर्ने महिला सञ्जाललाई धन्यवाद ज्ञापन गरे । विद्युतीय दुर्घटनाले आर्थिक भार संगै मानवीय संवेदनासमेत छियाछिया पार्ने भन्दै कुलमानले भने, ’जनचेतना फैलाउने मामलामा प्राधिकारणले गर्नुपर्ने कामलाई अभियानमार्फत तपाईंहरुले थप सहजीकरण गरिदिनुभएको छ, यसमा मा अत्यन्तै खुसी छु ।’
गीतका सर्जक मिठाराम केसीले विद्युतीय क्षेत्रमा अज्ञानता र लापरवाहीले धेरै दुर्घटना बढाएको भन्दै हजारौं समस्या र समाधानका उपायहरुलाई ८ मिनेटको सानो गीति शब्दमार्फत पस्किएको बताए । ’ सांगीतिक क्षेत्रमा प्रवेश गरेदेखि नै मैले यस्तै चेतनामुलक ,जागरण र देशको कला संस्कृतिलाई जोगाउने किसिमका गीतहरु गाउँदै आइरहेको छु ।’ केसीले भने’ यद्यपि यो विद्युतीय सुरक्षाको गीता नै अहिलेसम्मकै उपलब्धिमुलक र गर्व गर्न लायकको गीत भएको महसुस मैले गरेको छु । यसका लागि मलाई यो अवसर उपलब्ध गराउने महिला संजालका साथीहरुप्रति कृतज्ञता ज्ञापन गर्न चाहान्छु ।’ कुनै व्यवसायिक प्रयोजन र नाफा कमाउने उद्देश्यका साथ नभई विशुद्ध जनचेतना फैलाउनका लागि उक्त गीत तयार पारिएको केसीको भनाई छ ।

यसैगरी कार्यक्रममा मन्तव्य राख्दै नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले उर्जा क्षेत्रमा नागरिकको प्रत्यक्ष सहभागिता आफ्नो सुरुदेखिकै एजेन्डा भएको र यो अभियानले नागरिक सहभागिता पूर्णरुपमा भएको महसुस आफुलाई भएको जिकिर गरे । साथै उनले हवाई दुर्घटना भए नेपालमा एक घन्टाभित्रै आयोग गठन गरी छानविन समिति निर्माण गरिने तर विद्युतीय दुर्घटना जस्ता संवेदनशील क्षेत्रमा त्यतातर्फा राज्यको ध्यान जान नसकेको आरोप समेत लगाए । घिमिरेले मिठाराम केसीको सुरक्षा गीता अन्तन्तै म्महत्वपूर्ण रहेको भन्दै नेपाल विद्युत प्राधिकरणले आफ्ना माहताहताका हरेक स्थान र कार्यक्रमहरुमा उक्त गीतलाई बजाएर प्रचारप्रसार गर्नुपर्ने बताएका छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले विद्युतीय सुरक्षालाई अगाडी बढाउने भूमिकामा सबैभन्दा ठूलो स्थान स्थानीय निकायको हुनुपर्ने र महिला सानाल द्वारा आयोजित उक्त कार्यक्रमलाई काठमाडौँ महानगरपालिकाले सहयोग गरेकोमा आभार प्रकट गरे । वर्षमा एकपटक सुरक्षा दिवस मनाउनु भन्दा यस्ता किसिमक्ला चेतनामुलक र प्रचारात्मक कार्यक्रमहरु प्रभावकारी हुने ज्ञवालीले जिकिर गरेका छन् । उक्त कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हराराज न्यौपाने, उपभोक्ता हित संरक्षण मन्चकी प्रतिनिधि सुशीला भूषाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उर्जा र वातावरणका लागि महिला सञ्जालकी अध्यक्ष कला तिमल्सिनाले नेपालमा विद्युतीय दुर्घटनाको अवस्था ,कारणहरु ,प्रकृतिहरु,सवालहरु,समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण दिएकी थिईन । विद्युतीय सुरक्षाको विषयमा प्राधिकरणका प्राविधिक इन्जिनियर खिलानाथ अर्यालले पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी , सहयोगी , अतिथि लगायत सम्बन्धित सबैलाई आयोजक महिला सञ्जालको तर्फबाट उषा अधिकारीले धन्यवाद ज्ञापन गरिन ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : ०९ बजे