
पुस १२ ०७६, लेले । द लेप्रोसी मिसन आनन्द वन अस्पतालका अध्यक्ष अशोक अधिकारीले भारतको प्रभाव अस्वीकार गरेको दावी गर्नु भएको छ । भारतबाट संचालित लेप्रोसी मिसनलाई नेपाली करण गर्न भएको छलफलमा भारतले व्यक्तिगत परियोजना दिएर नेपालमा काम गर्न दिन गरेको प्रस्ताव अस्वीकार गरेको अधिकारीले दावी गर्नु भएको हो । एसोसिएसन फर आइडिया नेपालले सात वटै प्रदेशका कुष्ठ प्रभावित व्यक्तिका लागि गरेको पहिलो राष्ट्रिय भेलामा अध्यक्ष अधिकारीले २० लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव स्वीकार गरेको भए देशकै लागि सबैभन्दा ठूलो घात हुने स्मरण गर्नुभयो । उहाले ५ करोडबाट सुरु भएको द लेप्रोसी मिसन नेपालको बार्षिक बजेट अहिले ७५ देखि ८० करोड रुपैयाँको हाराहारीमा रहेको जानकारी दिनुभयो ।
नेतृत्वलाई काम गर्न दिनुपर्छ, लडेकालाई उठ्न सिकाउनु पर्छ उहाले भन्नुभयो, नेतृत्वसँग इमान्दार कार्यशैली हुनुपर्छ । आनन्द वन अस्पतालका डाक्टर प्रदीप साप्कोटाले उपचारमा आइदिन कुष्ठ प्रभावितलाई आग्रह गर्नुभयो । घर दैलोमा गएर कुष्ठ प्रभावितको खोजी गर्दा पनि उपचारमा नआउने गरेको बताउँदै उहाले रोग लुकाएर बस्न नहुने चेतना घर घरमा पुर्याउनु पर्नेमा जोड दिनुभयो । नेपाल जापान मैत्री समाजका अध्यक्ष दिलमान गौचनले सहयोग लिएर मात्र नहुने भन्दै उपलव्धी मुलक काम गरेर देखाउन सुझाव दिनुभयो । उहाले वर्तमान आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनालाई सबैको साथ रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

शिक्षक राजकुमार घिमिरेले सेवा धन सम्पत्तीको मात्रै नहुने भन्दै मिठो मुस्कान नै सहयोग हुने बताउनु भयो । आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुष्ठ प्रभावितलाई हेर्ने दृष्टिकोणमा पहिले भन्दा अहिले धेरै परिवर्तन भएको सुनाउनु भयो । उहाले कुष्ठ प्रभावितहरुलाई एक जुट भएर नेपालबाट कुष्ठ रोग शुन्यमा झार्ने अभियानमा खटिन आग्रह समेत गर्नुभयो ।
आइडिया नेपालका कानूनी सल्लाहकार प्रह्लाद महतले संस्थामा बसेर कर्तव्य नभुली काम गर्न सल्लाह दिनुभयो । द लेप्रोसी मिसन नेपाल आनन्द वन अस्पतालमा आइडिया नेपालका सात वटै प्रदेशका कुष्ठ प्रभावितहरु भेला भएर भावी रणनीति निर्माणमा जुटेको आइडिया नेपालले जनाएको छ । आइडिया नेपालले सात वटै प्रदेशमा भखरै गठन भएको प्रदेश समितिका पदाधिकारीलाई पहिलो पटक भेला गराएर रणनीति बनाउन लागेको हो ।








प्रतिक्रिया