६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पर्यटन बर्ष २०२०’ को गीत सार्वजनिक


१३ पुस २०७६, आइतबार  

0
Shares


१३ पुस ०७६,काठमाडौं । ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२’ लाई सफल पार्ने टेवा पु¥याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको हो ।
गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको सम्पूर्ण रुपमा चर्चा गरिएको छ । नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपालीजनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।


गीतको भिडियोमा पनि निर्माण पक्षले उतिक्कै मिहिनेत गरेको देखिन्छ । भिडियोमा पनि सशक्त रुपमा नेपालको पर्यटकीय क्षेत्रलाई देखाइएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खनाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरुपको भिडियो तयार पारिएको छ ।
यो गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालबारे बुझ्न र चिनाउन सहजता हुने गीतकार एंव उरारा शलिन कार्कीले जानकारी दिए । गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिने समेत उनले बताए ।
गीतकार उरारा सलिन कार्किको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन् । गीतमा गायक आनन्द कार्किको मीठो आवाजमा सुन्न सकिनेछ । गीतलाई राज लामिछानेले अनुवाद् गरेका हुन ।

गीतको भिडियोमा उदय बिक्रम थापा,उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ ।
भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको छ । भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ३४ बजे