११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश ३ को संसद पुस २१ गते,राजधानी र प्रदेशको नाम टंगो लाग्ने


१४ पुस २०७६, सोमबार  

0
Shares


१४ पुस ०७६, हेटौडा । प्रदेश नं– ३ को प्रदेश सरकारले यही पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रदेशसभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय भएको उहाँको भनाइ छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ४६ बजे