९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन दरबारमा बज्ने भो बाजा


२३ पुस २०७६, बुधबार  

0
Shares

२३ पुस ०७६,पाटन ।स्थानीय मङ्गलबजारमा अवस्थित पाटन दरबार सङ्ग्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ । आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सङ्ग्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
सङ्ग्रहालयले पाटन भित्रने पर्यटकलाई परम्परागत नेपाली बाजा र संस्कृतिका बारेमा जानकारी दिलाउन यसैअनुसारको योजना अघि बढाएको सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष २०२० का अवसरमा हामीले नेपालको परम्परागत बाजा द, काँ, डमरु, मादल, दमोखी, मृदङ्ग, सारङ, ढ्याङ्ग्रो, नेखिन, शङ्ख, नेकु, डबडब, जोनगडा, पञ्चताल, नगडालगायतका बाजा बजाएर पर्यटकलाई नेपाली धुन पस्कने भएका छाँैँ ।”
सङ्ग्रहालयले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सम्मानमा एक हप्तासम्म उहाँको चित्रकला कोर्न लगाउने योजना बनाएको छ । जोशीको चित्र कोर्ने कलाकार जसको कला सबैमाझ उत्कृष्ट हुन्छ, उसको चित्रलाई भ्रमण वर्ष २०२० भर पर्यटकसामु प्रचारप्रसार गरिनेछ । फागुनदेखि घण्टाघण्टामा पर्यटकलाई सङ्ग्रहालयमा भएका कलाकृतिबारे विस्तृत जानकारी दिलाउन पथप्रदर्शकमार्फत भ्रमण गराउने तथा सङ्ग्रहालयमा हाल तीन पथप्रदर्शक रहेकामा अब केही व्यक्तिलाई स्वयंसेवक पथप्रदर्शकका रुपमा तालीम दिई दरबार वरिपरिको जनजीवन, कलाकृति र वस्तुस्थितिका बारेमा जानकारी दिलाउने योजना पनि सङ्ग्रहालयले अघि बढाएको छ ।
आउँदो कात्तिकमा सङ्ग्रहालयले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कला प्रदर्शनी गर्ने योजना बनाएको लाखेले बताउनुभयो । ‘‘पाटनमा रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शन गरी पर्यटकलाई पाटनमा वर्षै्पिच्छे आउन मन लाग्ने बनाउने हाम्रो लक्ष हो’’, उहाँले भन्नुभयो । नेपालमा रहेका परम्परागत पोसाक लगाई फोटो खिच्न इच्छुक पर्यटकलाई त्यसको व्यवस्था मिलाउने, सङ्ग्रहालयभित्रको सुन्दरी चोकमा नयाँ प्रदर्शनी कक्ष स्थापना गर्ने, २०७२ सालको भूकम्पले क्षति भई पुनर्निर्माणमा प्रयोग नभएका पुराना सामग्री र पाटन दरबार हेरचाह कार्यालयमा थन्किएर रहेको नगराको मर्मत गरी प्रदर्शनी गर्ने योजना बनाइएको लाखेले जानकारी दिनुभयो ।
पर्यटक वृद्धि
भ्रमण वर्षको शुरुआतसँगै पाटन दरबार क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ को तुलनामा यस आव २०७६÷७७ पुस १६, १७ र १९ को तथ्याङ्क हेर्दा गत आव पुस १६ गते शून्य सङ्ख्यामा सङ्ग्रहालय भित्रिएका नेपाली आगन्तुकमा यस आवको पुस १६ गते २००, सार्क राष्ट्रका ५० रहेकामा बढेर ८२, अन्य विदेशी आगन्तुक २२५ बाट बढेर ४०० पाटन सङ्ग्रहायल भित्रिएका देखिन्छन् ।
यसैगरी गत आव २०७५÷७६ को तुलनामा यस आव २०७६÷७७ को पुस १७ गते सङ्ग्रहालय भित्रिएका नेपाली विद्यार्थी ५० बाट बढेर १५०, नेपाली आगन्तुक १०० बाट बढेर ४५०, अन्य विदेशी आगन्तुक ३९२ बाट बढेर ५१७ आएका सङ्ग्रहालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : ०९ बजे