९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ढोलाहिटी—चापागाँउ उपलव्ध सडक कालोपत्र


२३ पुस २०७६, बुधबार  

0
Shares

झरिमा कालोपत्रे गर्ने झममा उडेको वाफ । तस्विर ः ललितपुर खबर

२३ पुस ०७६, चापागाँउ । निर्माण शुरु भएको चार वर्षपछि ढोलाहिटि–लेले सडक मापदण्डभन्दा आधाभन्दा कम चौडाइमा कालोपत्र भएको छ । बीस मिटर सडक कालोपत्र गर्ने विसं २०७२ मा ठेक्का सम्झौता भएकामा अहिले छ÷सात मिटर उपलव्ध चौडाइमा कालोपत्र भइरहेको हो ।
सडकलाई यथास्थितिमै कालोपत्र गर्न सडकसँगै घर भएका स्थानीयवासीले माग गरेकाले चौडाइ नबढाइ कालोपत्र गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा रहेका स्थानीय तहले पनि सडक विस्तार गर्नुभन्दा भएकै सडकमा कालोपत्र चाहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सडक रहेको छ । गोदावरीका पदाधिकारी घर भत्काएर सडक विस्तार गर्न नहुने पक्षमा रहेका र ललितपुरका पदाधिकारीले चासो नदेखाएको उहाँले बताउनुभयो । “सडक नजिक रहेका विभिन्न मठ, मन्दिर र पाटी भत्काउन नहुने भन्दै स्थानीयले आवाज उठाएका थिए”, उहाँले भन्नुभयो, “त्यहाँका मानिसले नै सडक नबढाए हुन्छ तर कालोपत्र हुनैपर्छ भनेर माग गरेकाले हामीले उपलब्ध भएकै चौडाइमा कालोपत्र गरेका छौँ ।”
सडक निर्माणका लागि ठेक्का सम्झौता हुँदा सडकमा पैदलयात्रु मार्ग, पानी बग्ने पाइपलगायतका संरचना निर्माण गर्ने उल्लेख थियो । सडकको चौडाइ बढाउन नसकिएकाले ती संरचनाको निर्माण नहुने श्रेष्ठको भनाइ छ । केहीवर्ष पहिले सातदोबाटो–खुमलटार सडक पनि संरचना भत्काएर मापदण्डानुसार निर्माण भएको थियो ।
खुमलटारदेखि ढोलाहिटिसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र सडक एक लेनको मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका स्थानमा सडक साँघुरा छन् । आयोजनाले टाखेलदेखि लेलेसम्मको वन क्षेत्रमा भने मापण्डानुसार नै सडक निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : १८ बजे