३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (२४ पुस ०७६, बिहिवार)


२४ पुस २०७६, बिहिबार  

0
Shares


चतुर्दशी ( नेपाल ज्योतिष परिषद् स्थापना दिवस)

पञ्चाङ्ग
वि.सं. २०७६ पुस २४ । बिहीबार । इ.स. २०२० जनवरी ९ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष । चतुर्दशी, २६ ः ०९ उप्रान्त पूर्णिमा । नक्षत्र– मृगशिरा, १५ ः २३ बजेउप्रान्त आर्द्रा । योग– ब्रह्म, १९ ः ३३ बजेउप्रान्त ऐन्द्र । करण– गर, १४ ः २५ बजेदेखि वणिज, २६ ः ०९ बज ेउप्रान्त भद्रा । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि– मिथुन । काठमाडौंमा सूर्योदय– ६ ः ५८ बजे, सूर्यास्त– १७ ः २४ बजे र दिनमान २६ घडी ५ पला । नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।
राशीफल
मेष– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् ।
वृष– पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि संम्भावना छ ।
मिथुन– समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ ।
कर्कट– सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
सिंह– कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् ।
कन्या– प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ ।
तुला– अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
वृश्चिक– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।
धनु– दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ ।
मकर– आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ ।
कुम्भ– ेपहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ ।
मीन– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  ८ : ३६ बजे