१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ ः प्रहरी


३ माघ २०७६, शुक्रबार  

0
Shares

फेसबुक लाइभबाट आफ्ना कुरा राख्दै ।

३ माघ ०७६, काठमाडौं । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री ९भिडियो० हाल्नुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको आज सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।
सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उहाँले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराउनुभएको छ । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुप¥यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो । राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उहाँले महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर गर्नुभयो ।
घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : २८ बजे