११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भ्वाइस अफ नेपाल टप आठ पुगेकी मेचुले ल्याइन ’तिम्रो मुटु मेरो मुटु’ (भिडियो)


४ माघ २०७६, शनिबार  

0
Shares


५ माघ ०७६,काठमाण्डौ । गायक एंव सङ्गितकार कारसाङ लामाको सङ्गितमा “तिम्रो मुटु मेरो मुटु” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त लामाको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन ।
गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको सङ्गित रहेको छ । भोइस अफ नेपालटप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाज रहेको गीतमा गायक नारायण थापाले साथ दिएका छन ।
भिडियोलाई निर्देशन र छायांकन प्रेम लामाले गरेका हुन भने राज महर्जनले कोरियोग्राफि,शुवास डाँगीले ड्रोन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन् । भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय हेर्न सकिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १० : २३ बजे