११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सेतो हिमाल उत्तरमा टलक्कै टल्कियो


८ माघ २०७६, बुधबार  

0
Shares

ललितपुरको नागदहबाट देखिएको हिमालय । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
८ पुस ०७६, ललितपुर । निरन्तरको वर्षापछि बुधबार काठमाडौंको आकाश सफा थियो । सफा आकाशको पृष्ठभूमिमा उत्तरतर्फका हिमाल टलक्कै टल्किए ।
राजधानीका उचो भू—भागबाट हिमाल सुन्दर देखिएका थिए । क्रंक्रिटजंगल वरपरका झुरुप्प बस्ती डाँडापाखा जताततैबाट हिमाल हेर्न मज्जा थियो ।

काठमाडौंको रत्नपार्कबाट देखिएको हिमाल ।

राजधानी काठमाडौंबाट पश्चिम अन्नपूर्णदेखि पुर्वमा कञ्चनजंगा हिमाल प्रष्टै देखिन्छ । राजधानीबाट मनास्लु, गणेश,लाङ्गटाङ्ग,दोर्जे लाक्पा,गौरीशंकरलगाय सगरमाथाको चुचुरो समेत ठम्याउन सकिन्छ ।

सातदोवाटोबाट देखिएको दोर्जे लाक्पा हिम श्रृखला ।

राजधानी खाल्टोबाट उकालो लाग्दा भेटिने प्रायः सबैजसो चुचुराबाट हिमाल देखिन्छ । राजधानी वरपर पर्यटक लक्षित होटल र क्याफेहरु खुलेका भए पनि गुणस्तर पाइदैन । धेरैजसो होटलहरु महँगा र ग्राहक ठग्ने पल्केका पाइन्छन् ।

धापाखेलबाट देखिएको मनास्लु ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ११ : ५९ बजे