३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


छपेलीमा कुमारी बैंकः शाखाको कारोवार बढ्दै


११ माघ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
ललितपुर ठुलादुर्लुङ्गकी रमा घिमिरे कुमारी बैंक छपेली शाखामा भेटिइन् । बंैकिङ्ग कारोबार गर्न चापागाँउ पुग्ने घिमिरे भट्टेडाँडा छपेलीमा बैंक खुलेपछि यतै आउने गरेको बताउभयो ।
माल्टाका राम घिमिरे पनि आजकल ऋण लिन परे छपेली नै धाउने गरेको बताउभयो । उहाँले भन्नुभयो, ‘अन्तभन्दा बैंकमा व्याज सुलभ छ । नजिक हुँदा बैकिङ्ग प्रोसेस गर्न पनि सझिलो ।’
२०७४ फागुनमा बैंक खुलेपछि कुमारी बैंक निरन्तर कारोबार बढ्दै गइरहेको शाखा प्रमुख अनिल महर्जनले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘गाँउपालिको कारोबार हाम्रै शाखाबाट हुन्छ । यहाँका उद्योग प्रतिष्ठानले पनि हामीलाई सर्पोट गरेका छन् ।’
यस क्षेत्रमा विभिन्न वालुवा खानी वासिङ्ग सेन्टर हाइड्रोलगायत आर्थिक गतिविधिहरु च्लायमान रहेको कारण बैंकको जरुरी देखिएको उहाँको भनाई छ ।
छपेली वागमती गाँउपालिकाको घुसेल बाहेक सबै ठाँउका लागि पायक पर्छ । केही समयदेखि कान्तिलोकपथ सुचारु भएपछि छपेलीमा भीडभाड बढेको स्थानीय बासिन्दा बताउछन् ।
कुमारी बैंक छपेलीमा ६ जना कर्मचारी कार्यरत छन् । कर्मचारी र अन्य शाखामा तुलनामा कम ठाँउमा बैंक सञ्चालन भएको हुँदा शाखा सञ्चालन खर्च कम रहेको शाखा प्रमुख महर्जनले जानकारी दिनुभयो ।
एटिएम थप्दै
बैंकले छपेलीमा एटिएम सेवा सुचारु गर्ने भएको छ । छपेलीमा राम्रो घर नहुँदा एटिएम सेवा सुचारु गर्न नसकिएको महर्जनले बताउनु भयो । एटिएम राख्दा सुरक्षा जोखिमको पनि मुल्याङ्गकन गर्नुपर्ने हुन्छ शाखा प्रमुख महर्जन भन्छन् ।
पछिल्लो दिनमा छपेलीमा नयाँ आरसिसि ढलान घरहरु निर्माण शुरु भएपछि बैंकले एटिएम सेवा समेत शुरु गर्ने योजना बनाएको महर्जनको भनाई छ ।
२०७४ फागुनबाट संचालनमा आएको यो बैंक नेपाल राष्ट्रको हरेक गाँउपालिकामा बैंकको शाखा खोल्नु पर्ने बाध्यकारी व्यवस्थापछि शाखा खुलेको हो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १० : ३२ बजे