२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरले हटायो बिना स्वीकृतिका विज्ञापन बोर्ड


१३ माघ २०७६, सोमबार  

0
Shares

१३ माघ ०७६, काठमाडौं । ललितपुर महानगरले बिना स्वीकृतिका विज्ञापन बोर्ड हटाउन सुरु गरेको छ । ललितपुर महानगरपालिका आर्थिक विकास समितिको निर्णयअनुसार महानगरपालिकाको क्षेत्रभित्र बिनास्वीकृति राखिएका विज्ञापन बोर्ड हटाउने अभियान सुरुवात गरिएको छ।

त्यस्तैगरि मंसिर २५ गते सूचना प्रकाशित गरी महानगरले स्वीकृति नलिई अनधिकृत रूपमा राखिएका डिजिटल बोर्ड, होडिङ बोर्ड, फ्लेक्स बोर्ड, ग्लोसाइन बोर्ड परिचय पाटीलाई व्यावसायिक प्रचार सामग्रीको विज्ञापन गरेबापत कर दाखिला गर्न १५ दिने सूचना प्रकाशित गरेको थियो ।

समय तोकी पत्राचार गर्दा पनि अटेर गरी बसेका विज्ञापन बोर्डहरू क्रमिक रूपमा हटाउने अभियान सुरु गरिएको महानगरपालिका राजस्व प्रशासन महाशाखाले जानकारी दिएको छ ।

https://www.youtube.com/@lalitkhabar

महाशाखाले आज सोमबार कुपण्डोल क्षेत्रमा रहेका विज्ञापन बोर्ड हटाइएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले बिनास्वीकृतिका विज्ञापन बोर्ड हटाउन सुरुवात गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।