२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको एरोबिक स्वास्थ्य क्लबमा एक दम्पतीको निसास्सिएर मृत्यु


१६ माघ २०७६, बिहिबार  

0
Shares

१६ माघ ०७६, ललितपुर । ललितपुरस्थित एरोबिक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर एक दम्पतीको मृत्यु भएको छ।ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।

ललितपुरको तिखेदेवल अस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको हो।

उनीहरू बुधबार राति उक्त क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना तातो आउने विशेष व्यवस्था भएको हुदा नुहाउन प्रवेश गरेको धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए। तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको एसएसपी राईले जानकारी दिनुभयो ।

साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ।तर ती गर्बुजामगर दम्पति निश्चित समयमा बाहिर ननिस्किएर अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरीले जानएको छ । त्यस्तैगरि घटनाको थप अनुसन्धान भइरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।