१६ माघ ०७६, ललितपुर । ललितपुरस्थित एरोबिक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर एक दम्पतीको मृत्यु भएको छ।ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
।
ललितपुरको तिखेदेवल अस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको हो।
उनीहरू बुधबार राति उक्त क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना तातो आउने विशेष व्यवस्था भएको हुदा नुहाउन प्रवेश गरेको धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए। तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको एसएसपी राईले जानकारी दिनुभयो ।
साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ।तर ती गर्बुजामगर दम्पति निश्चित समयमा बाहिर ननिस्किएर अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरीले जानएको छ । त्यस्तैगरि घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया