२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विप्लवका माइला लामा ललितपुर जिल्ला अदालतपरिसरबाट पुन पक्राउ


२० माघ २०७६, सोमबार  

0
Shares

पक्राउ लगत्तै पत्रकारहरुसँग कुरा गर्दै लामा । तस्विर ः ललितपुर खबर

२० माघ ०७६, ललितपुर । नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका तत्कालीन उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई ललितपुर जिल्ला अदालतले छोड्न आदेश दिए लगत्तै प्रहरीले पुन पक्राउ गरेको छ । अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रबारै छोड्न आदेश दिए पनि प्रक्रिया पु¥याएर आइतबार साँझ मात्र उनलाई छाडिएको थियो । तर उनलाई छाडिए लगत्तै अदालत परिसरबाट पुन पक्राउ गरिएको हो ।


मुख्य न्यायाधीश सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई बिहीबार छाड्न आदेश दिएको थियो । उनीहरुमाथि ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएको थियो ।

अदालतको आदेश लगत्तै हतकडी लगाइएका लामाले पत्रकारसँग कुरा गर्दै राज्यको कानुनमाथि नै प्रश्न गरेका छन् । सुनसरीमा उनीहरुको नाममा अर्को हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा रहेकाले नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले लामासहितका चारै जनालाई सुनसरी पठाउने तयारी गरेको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १ : ५९ बजे