१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको आनन्दवन अस्पतालमा छ हजार बिरामीको उपचार


२० माघ २०७६, सोमबार  

0
Shares

२० माघ ०७६, ललितपुर ।ललितपुरको गोदावरी नगरपालिकामा रहेको आनन्दवन अस्पतालमा गत वर्ष बहिरङ्ग विभागमा छ हजार १८५ बिरामीले उपचार सेवा लिएका छन् । कुष्ठरोगसम्बन्धी सबै उपचार र कुष्ठ प्रभावितका लागि पुनःस्थापना कार्यक्रमसमेत गर्दै आएको सो अस्पतालमा उक्त अवधिमा ८६५ बिरामी भर्ना भएर उपचार गराएका थिए ।

त्यस्तैगरिअस्पतालमा सबै उमेर र क्षेत्रका मानिस उपचारका लागि आउने गरेको चिकित्सक डा महेश साहले बताए । देशभित्र मात्रै नभएर कतिपय विदेशीसमेत आइरहेका छन् । उनेले भने “विदेशीमा बढी भारतीय छन् र अरू दक्षिण एशियाली देशबाट छन् ।” अस्पतालले गम्भीर किसिमका घाउ भएका बिरामीको पुनःस्थापना शल्यक्रिया (रिकन्सट्रक्टिभ सर्जरी) गर्दै आएको अस्पतालमा कार्यरत चिकित्सक डा साहले बताउनुभयो । अस्पतालले गत वर्ष नै ११३ जनाको यस किसिमको शल्यक्रिया गरेको थियो ।

दी लेप्रोसी मिशन नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरिरहेको अस्पतालमा कुष्ठरोगका लागि ८० श्यया निःशुल्क छ । अस्पतालले कुष्ठरोग प्रभावितलाई स्वयम हेरचाह र पुनःस्थापना सेवा निःशुल्क दिँदै आएको छ । हालसम्म उपचार गराएका बिरामीको सङ्ख्या २१ हजार ३३९ पुगेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  २ : २८ बजे