१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनको सुन पसलमा पस्यो चोर


२१ माघ २०७६, मंगलबार  

0
Shares


२१ माघ ०७६, पाटन । ललितपुर महानगरपालिका २० श्रीबहालस्थित राजेन्द्र शाक्यको सुनचाँदी पसलमा सोमबार चोरी भएको छ । पसलमा ६० तोला सुन र २ सय ४० तोला चाँदी राति चोरिएको बताइएकोे छ । प्रहरीका अनुसार चोरिएका धनमाल करिब ४३ लाख ९२ हजार रूपैयाँ बराबरका रहेको छ ।
ललितपुर महानगरपालिका १६ गाबहालका प्रकाशबहादुर अमात्यको घरमा पनि सुन र चाँदीका गहना चोरिएको छ । चोरिएको सामान करिब ७ लाख ४० हजार रूपैयाँ बराबरको रहेको प्रहरीको भनाई छ ।
सोमबार राति नै काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ६ मुलपानी ग्रिनहिल सिटीस्थित यमलाल कँडेलको घरमा पनि नगद र सुनका गरगहना गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : १९ बजे