३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘आहा ! कस्तो सुन्दर पोखरा’


२१ माघ २०७६, मंगलबार  

0
Shares

पोखराको सराङकोटमा हिमालको अवलोकन गर्दै विदेशी पर्यटक । तस्वीर ःराधिका कंडेल/रासस

२१ माघ ०७६, पोखरा कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को दैनिकी प्रायः व्यस्त हुने गर्दछ । सत्तारुढ पार्टीको कार्यकारी अध्यक्ष उहाँ बिहानैदेखि राति अबेरसम्म विभिन्न कार्यक्रममा व्यस्त रहनुहुन्छ । आफ्नो व्यस्त समय तालिकाबाट उन्मुक्ति खोज्दै अध्यक्ष प्रचण्ड कहिलेकाही शान्त तथा रमणीय स्थानमा पुगेर थकान र व्यस्ततालाई भुल्दै आउने गर्नुभएको छ ।
पार्टीको पाँच दिन लामो केन्द्रीय समितिको बैठकपछि आज दिउँसो १ः३० बजे पोखरा विमानस्थलमा उत्रे लगत्तै उहाँ परिवारका सदस्य तथा पार्टीका केही नेतासहित पोखरा महानगरपालिका–११ मा अवस्थित रमणीय काहुँडाँडा पुग्नुभयो । विगतमा अध्यक्ष प्रचण्ड पोखरा ओर्लिए लगत्तै विभिन्न कार्यक्रम व्यस्त हुने गर्नुहुन्थ्यो । कार्यक्रम भेट्टाउनै मुस्किल पर्दथ्यो । आज भने उहाँले आराम गर्ने समय निकाल्दै पार्टीका नेताहरुलाई आनन्दित र रमणीय कुनै नयाँ ठाउँमा जाने इच्छा प्रकट गर्नुभएको थियो ।
काहुँडाँडाबाट पोखरा बजार, हिमश्रृङ्खला तथा वरिपरिका डाँडाहरु निकै रमणीय र सुन्दर देखिन्छ । यहाँको धरहरा चढेर निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, फेवाताल, सराङ्कोट, हेमजा, लगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । उहाँले भन्नुभयो, “आहा ! कस्तो सन्दर पोखरा । बजार कति रमणीय देखिने रहेछ यहाँबाट, यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा असाध्यै राम्रो सम्भावना भएको ठाउँ हो ।”
अध्यक्ष प्रचण्डले सो अवसरमा काहुँवासीका मागसमेत सुन्नुभएको थियो । स्थानीय जनप्रतिनिधि मीन गुरुङलगायलते निर्माणाधीन धर्मकाया बुद्ध मण्डला, खानेपानी समस्या तथा नयाँ निर्माण गर्ने योजना रहेको धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्दै आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको थियो । स्थानीयले राखेका समस्या समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने वचन उहाँले दिनुभयो ।
अध्यक्ष प्रचण्डलाई काहुँडाँडामा भेट्न पाउदा र आफ्ना मागहरु राख्न पाउँदा आफूहरु खुशी भएको वडा सदस्य गुरुङले उल्लेख गर्नुभयो । गुरुङले काहुँको पर्यटकीय पूर्वाधार विकास हुनेमा आफूहरु आशावादी रहेको बताउनुभयो । पक्की सडक सुविधा पुगेसँगै पछिल्लो समय काहुँडाँडा अन्नपूर्ण र माछापुच्छ«े हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ ।
एक हजार ४४० मिटर उचाइमा अवस्थित यहाँबाट कास्की, स्याङ्जा, तनहुँका केही भूभाग तथा अन्नपूर्ण तथा माछापुच्छ«े हिमश्रृङखला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र सामाजिक अभियन्ता स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा विसं २०२६ मा निर्माण गरिएको धरहरा विसं २०७२ को महाभूकम्पले क्षति पु¥याएकोमा अहिले जीर्णाद्धार गरिएको छ । नौ तलासम्मको नयाँ धरहरा निर्माणको योजना अघि सारिएको छ ।
छ रोपनी जमिनमा निर्माणाधीन धर्मकाया बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ती, ध्यान केन्द्र, छात्रवास, सङ्ग्रहालाय र बगैँचा निर्माण गर्ने योजना छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ०० बजे