१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खरिपाटीमा क्वारेन्टाइन राख्न नदिने चागुनारायणको निर्णय


२४ माघ २०७६, शुक्रबार  

0
Shares


२४ माघ ०७६, भक्तपुर । चाँगुनारायण नगरपालिकाको छैटाँै नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजदेखि शुरु भएको चाँगुनारायण नगरपालिकाको छैटाँै नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्र्दै त्यसको विकल्प खोज्न आग्रह गरेको छ ।
नगरसभाको आजको पहिलो दिनको छलफलमा प्रवेश पाएको एक मात्रै एजेन्डा बनेको क्वारेन्टाइन राख्ने सरकारको निर्णयप्रति आलोचना गर्दै सभामा बोल्ने नेकपा, नेपाली काँग्रेस र नेमकिपाका जनप्रतिनिधि एवं नगरसभाका सदस्यहरुले सरकारको निर्णय सच्याउँदै विकल्प खोज्न माग गरेका थिए ।
नगरसभाको निर्णय सुनाउँदै नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो, “कोरोना भाइरसप्रति चिनियाँ सरकार र जनताले लडेको लडाइँमा हाम्रो ऐक्यबद्धता र सहानुभूति प्रकट गर्ने, नेपाल फर्कन चाहने चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग जोड्दार माग गर्ने र चाँगुनारायणको सदरमुकाम एवं घनाबस्ती रहेको खरिपाटीमा चीनबाट फर्काइएका नेपालीलाई राख्ने सरकारको निर्णयप्रति स्थानीय जनताको समेत विरोध आएकाले गम्भीर ध्यानाकर्षण गर्दै अन्यत्र विकल्प खोज्न सरकारसँग माग गर्दछ ।”

नगरसभामा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटाले खरिपाटीमा चीनबाट फर्काइएका नेपाली राख्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले यहाँ क्वारेन्टाइन राख्न दिनै नहुने बताउनुभयो ।

त्यस्तै वडा नं २ का अध्यक्ष शिवहरि केसीले नगरपालिकाले आफ्ना नागरिकको सुरक्षामा गम्भीर भएर ध्यान दिनुपर्ने औँल्याउँदै सरकारले कोरोना भाइरसलाई गम्भीर रुपमा नलिएको र बस्तीका बीचमा क्वारेन्टाइन राख्न खोज्दा जनता त्रसित बनेको बताउनुभयो । उहाँले नगरकोटको सडक ६ वर्ष नबन्दा नदेख्ने सरकारले क्वारेन्टाइन राख्ने ठाउँ भने यही देखेको टिप्पणी गर्दै सरकारले निर्णय नसच्याए यहाँको जनता आन्दोलनमा उत्रिने बताउनुभयो ।

वडा नं ३ का अध्यक्ष श्यामसुन्दर धिमालले बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तर्रा्ष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको बताउनुभयो । उहाँले त्रासकै कारण यहाँका नागरिकमा अरू भाइरसको पीडामा परे त्यसको जिम्मेवारी कसले लिने भन्दै सरकारको निर्णय अस्वीकार गर्न नगरसभामा माग गर्नुभयो ।

सभामा वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले सरकारले घनाबस्तीका बीचमा नभई बस्ती नभएको सुरक्षित स्थानमा क्वारेन्टाइन राखोस् भन्दै यहाँका कर्मचारीदेखि आमनागरिक त्रसित भएकाले त्यसबाट अर्को समस्या आउनसक्नेतर्फ सचेत हुनुपर्ने औँल्याउनुभयो ।

नगरसभामा वडा नं ९ का वडा सदस्य कमला गिरीले चीनबाट फर्काइएका नेपालीलाई घनाबस्तीका बीचमा राख्नु उपयुक्त नभएको भन्दै सरकारको निर्णयले स्थानीय बासिन्दादेखि पर्यटकीय क्षेत्रलाई समेत असर गर्ने भएकाले विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

वडा नं २ का वडा सदस्य सोम प्रधानले नेपालमा कोरोना भाइरस फैलियो भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ भन्दै चाँगुनारायणमा कुनै हालतमा क्वारेन्टाइन राख्न नदिने गरी नगरपालिकाले नेतृत्व लिनुपर्ने माग गर्नुभयो । यसअघि नगरपालिकाका उपप्रमुख विना बाँस्तोलाले नगर सरकारले राख्न लागेको क्वारेन्टाइन, चालु आव २०७६÷७७ को नीति तथा कार्यक्रमको समीक्षा लगायतका एजेन्डाहरु सभामा पेश गर्नुभएको थियो । सभा २७ गतेसम्म चालु रहनेछ ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ९ : ५९ बजे