१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा ठुलादुर्लुङ्ग मेला


२६ माघ २०७६, आइतबार  

0
Shares


२६ माघ ०७६,ललितपुर । सुदुरदक्षिण ललितपुरको महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ्गमा “वृहत ठुलादुर्लुङ्ग मेला २०७६“ आयोजना हुने भएको छ । यही फागुन १५ र १६ गते आयोजना हुने मेलामा स्थानीय कृषि उत्पादनका साथै पर्यटनको प्रबद्र्धन गरिने वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिएका छन् ।
मेला आयोजनाका लागि केही दिनअघि बसेको बैठकले वडाध्यक्ष आचार्यको संयोजकत्वमा ७७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
मेलामा ठुलादुलुङ्ग,गिम्दी कालेश्व्रका साथै उत्तरी मकवानपुरको साथै पश्चिमी काभ्रेको वरपरका पचास हजारभन्दा धेरै आगन्तुक सहभागी हुने वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
ठूलादुर्लुङ्ग दक्षिण ललितपुरको कफीका दृष्टिकोणले राम्रो क्षेत्र मानिन्छ । विकट पहाडी गाँउ ठुलादुर्लङ्ग केही बर्षअघि मात्रै सडक सञ्जालमा जोडिएको हो ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ३० बजे