१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको गोदावरी महायज्ञ


२७ माघ २०७६, सोमबार  

0
Shares

फाइल तस्विर ः कथा वाचन गर्दै शास्त्री र मुमुक्षु शर्मा ।

२७ माघ ०७६, गोदावरी । ललितपुरको गोदावरीमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ’ आयोजना हुने भएको छ । गोदावरीमा जेष्ठ नागरिक सेवा केन्द्र निर्माणको सहयोगार्थ आयोजना हुने महायज्ञ फागुन २१ गतेबाट २९ गतेसम्म चल्ने १०८ श्रीमत् भागतवत अभियानका संकल्पकर्ता मुमुक्षु उद्धव शर्माले जानकारी दिनुभयो ।
शर्माको १०८ श्रीमत् भागवत संकल्प अभियानको यो ६७ औं अनुष्ठान हो । गोदावरी नगरपालिका वडा नं.३ नहरस्थित ऐतिहासिक १२ वर्षे गोदावरी मेला क्षेत्र श्रीराम मन्दिरमा यो अनुष्ठान आयोजना गरिने यज्ञ मुल समारोह समिति,श्रीराम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राज घिमिरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘फागु पुर्णिमा र नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्यटकीय क्षेत्र गोदावरीमा कार्यक्रम आयोजना हुने हुँदा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेने अपेक्षा छ ।’
आध्यात्म चिन्तनद्धारा राष्ट्र शान्ति,लोक कल्याण,समस्त जीवात्माहरुको शुख शान्ति एवं ज्ञात,अज्ञात आत्माहरुको मोक्ष प्राप्तिको लागि यो अनुष्ठान आयोजना गरिएको घिमिरेको भनाई छ ।
संगीतमय कथा वाचन नारीरत्न सुश्री अनुराधा शास्त्रीको मुखारबृन्दबाट हुनेछ । १०८ श्रीमत् भागवन महायज्ञको संकल्प गर्नु भएका मुमुक्षु उद्धव शर्माको यो ६७औं भागवत अनुष्ठान हो ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : १० बजे