९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अज्ञात व्यक्तिद्वारा स्कुटरमा आगजनी


२७ माघ २०७६, सोमबार  

0
Shares

 

ललितपुर महानगरपालिका १० स्थित कुपण्डोल साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश नं। ३ ०२, ००८ प, २ ६४ नं। को आगलागीबाट क्षतिग्रष्ट स्कुटर । उक्त स्कुटरमा सोमबार दिउसो अज्ञात व्यक्तिले आगोलगाई भागेको र स्थानीयले आगो नियन्त्रण लिएको जनाएको छ । तस्वीर ः रत्न श्रेष्ठ\रासस

२७ माघ ०७६, कोपण्डोल । ललितपुर महानगरपालिका वडा नं १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नंको स्कुटर आज दिउँसो अज्ञात व्यक्तिले जलाएको छ ।
आफ्नो ससुराको वार्षिक पुण्यतिथिको निम्ता दिन त्यस स्थानमा पुग्नुभएकी समिता मगियाको स्कुटर रोकेर गएको करिब २० मिनेटमा उक्त मोटरसाइकलमा आगो लगाइएको हो । मोटरसाइकलमा लगाइएको आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पूर्णिमा चन्दले जानकारी दिनुुभयो ।

आगो लगाई भाग्ने अज्ञात व्यक्तिको खोजी गरी कडाभन्दा कडा कारवाही गरिने प्रहरी निरीक्षक चन्दले बताउनुभयो । तीनदिनअघि त्यही स्थानमा रोकिराखिएको स्थानीय व्यक्तिको स्कुटरमा पनि चक्कुले सिट तथा अगाडिको भागमा काटिदिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : ३० बजे