३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मेगा बैंकको खुद नाफामा बढोत्तरी


२८ माघ २०७६, मंगलबार  

0
Shares

२८ माघ ०७६, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढोएको छ ।

दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको हो । चालु आर्थिक बर्ष २०७५÷७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ ।

२०७६ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ०५ बजे