२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाँगुनारायण नगरपालिकाले दोहोरो शुल्क हटाउने


२९ माघ २०७६, बुधबार  

0
Shares

२९ माघ ०७६ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै नगरसभा समापन कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरसभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क हटाउने निर्णय पनि अनुमोदन गरेको जानकारी दिनुभयो ।

सो अवसरमा नगर प्रमुख मिश्रले प्रदेश सरकारबाट नियुक्त जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा र सदस्य सरोज थापालाई सम्मान गर्नाका साथै हालै सम्पन्न सागमा स्वर्ण पदक विजेता सुस्मिता तामाङ्गलाई रु एक लाख पुरस्कार प्रदान गर्नुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु २४ करोड पाँच लाख २१ हजार ७८० राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा माघ २१ गतेसम्म रु नौ करोड ८८ लाख ५९ हजार ७१३ सङ्कलन गरेर ४२ प्रतिशत सफलता पाएको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।

https://www.youtube.com/@lalitkhabar

त्यस्तैगरि नगरपालिकाको आर्थिक प्रशासनतर्फ रु ८३ करोड ७८ लाख बजेट रहेकामा ३० प्रतिशत अर्थात् रु २५ करोड ९५ लाख दुई हजार ९४९ तथा चालु खर्चतर्फ पुस मसान्तसम्म रु नौ करोड २२ लाख ३१ हजार ९९८ पैसा उनन्तीस अर्थात् २९।७५ प्रतिशत मात्रै खर्च भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।