१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा छ हजार निजी आवास पुनःनिर्माण हुन सकेनन्


१ फाल्गुन २०७६, बिहिबार  

0
Shares

०१ फाल्नगुन ०७६,  ललितपुर । ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै छ हजार बढी निजी आवास पुनःनिर्माण हुन सकेका छैनन् ।

त्यस्तैगरि ट्रान्सपरेन्सी इन्टरनेशनल ९टीआई० नेपालद्वारा बुधबार आयोजित ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार निजी क्षेत्रको योगदान र भूमिका’ विषयक कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका भवन आयोजना प्रमुख चन्द्रकाजी गुरुङले महानगरपालिकाभित्र कूल सात हजार ४०९ लाभग्राही पहिचान भएको जानकारी दिए ।

उने भने , “तिनमा सम्झौता सम्पन्न छ हजार ३८३ को भएको थियो । प्रथम किस्ता छ हजार ३६६ ले लिएका छन् । एक हजार ५२७ ले दोस्रो किस्ता लिएका छन् र एक हजार ७० ले तेस्रो किस्ता लिएता पनि तर पुनःनिर्माण सम्पन्न भएका घरको सङ्ख्या भने मात्र ९१३ रहेको छ ।”

महानगरपालिकाभित्र अझै छ हजार बढी निजी घर पुनःनिर्माण हुन नसकेकामा गुरुङले दःुखेसो व्यक्त गरे । महानगरपालिकाभित्र निजी क्षेत्रले विभिन्न ठाउँमा घर बनाइदिए पनि सही कागजी लेख सङ्कलन गर्न अझै समस्या भइरहेको गुरुङले जानकारी दिए ।

उक्त कार्यक्रममा न्यू सूर्य इन्टरप्राइजेजका प्रतिनिधि चीन महर्जनले महानगरपालिकाभित्र एकीकृत बस्तीको योजना अघि बढाउँदा प्रभावकारी रहने बताए । उने भने, “महानगरपालिकाको शहरी क्षेत्रमा सामग्री ढुवानी गर्न निकै नै समस्या भइरहेको हुँदा यसमा सरकारले ढुवानी खर्च छुटको व्यवस्था गरिदिनुपर्ने छ ।” सरकारले व्यक्तिको समस्याको पहिचान गरी कागजी प्रक्रियाबाट निजी घर बनाउन सहयोग गरिदिँदा निकै काम अघि बढ्ने महर्जनले बताए ।

त्यस्तैगरि महानगरपालिका–११ सचिव सञ्जित श्रेष्ठले जनताले ऋण लिएर बनाएको घरमा सरकारले केही सहजता गरिदिनुपर्ने औँल्याए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔ’ भन्ने नाराका साथ निजी क्षेत्रबाट भूकम्प गएको तीन वर्षपछि भीमसेन मन्दिर पुनःनिर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उनले भने, “विभिन्न क्षेत्रबाट लगभग रु तीन करोड ५० लाख दिने घोषणा भइसके पनि पूर्णरूपमा सबै रकम भने अझै पाउन सकेका छैनौँ ।”

टीआई नेपालले भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिलाई दाताले दिने भनेर बोलेको रकम हालसम्म किन पाउन सकेन भनी खोजी गर्न महर्जनले आग्रह गरे । सङ्घका महासचिव मनोजबहादुर न्याछौँँले भूकम्प प्रभावित व्यक्तिलाई आफूहरुले निजी क्षेत्रबाट खाद्यान्न र लत्ताकपडा सहयोग गर्दै आइरहेको बताउए ।

टीआई नेपालका अध्यक्ष खिमराज रेग्मीले भूकम्प भएको चार वर्ष बितिसक्दा पनि भूकम्प प्रभावित जनताले रु तीन लाख रकम सरकारले हामीलाई घर बनाउन मात्र सहयोग गरेको हो भन्ने अझै नबुझेको भनी दुःख व्यक्त गरे । उनले भने, “थोरै लगानीले धेरै लाभ पु¥याउन सकिन्छ भने एकीकृत बस्तीको योजनामा अघि बढ्नु पनि निकै राम्रो हुन्छ ।”
महानगरपालिकाभित्रका सांस्कृतिक महत्वको संरक्षण गर्दै विनासलाई विकास र अभिशापलाई वरदानमा बदल्न जरुरी रहेको रेग्मीको भनाइ थियो ।

टीआई नेपालका कोषाध्यक्ष किरण थापाले भूकम्प प्रभावित मुख्य जिल्लामा पहिलेनै युनिट खडा गरी काम अघि बढाएको भए हालसम्म सबै स्थानका निजी आवास पुनःनिर्माणको काम सम्पन्न भइसक्ने विचार राखेका थिए।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  १ : २८ बजे