१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर नपाले पुरानो बस्तीमा सवारी साधन प्रवेशमा निषेध गर्ने


१ फाल्गुन २०७६, बिहिबार  

0
Shares

१ फाल्गुन ०७६, भक्तपुर । भक्तपुर नगरपालिकाले आजदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले आजदेखि नगरपालिकाको भित्री बस्तीमा सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो ।

भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं पैदलयात्रीको सुरक्षाका लागि नगरपालिकाले आजदेखि लागू हुनेगरी अपराह्न सवारी प्रवेश निषेध गर्ने व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

त्यस्तैगरि मालवाहक टिपर, ट्रकलगायत भारी सवारी साधन विभिन्न नाकाबाट नगरको पुरानो बस्तीभित्र सवारी प्रवेश गर्ने गरेको पाइएकाले आजदेखि सो क्षेत्रमा निषेध गरिएको बताइएको छ । मिनी टिपर, मिनी ट्रकलगायत मझौला सवारी साधन दिउँसो प्रवेशमा रोक लगाइने र साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र प्रवेश अनुमति दिइने र त्यस्तै गरी सम्पदास्थल र त्यसवरपरका क्षेत्र दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन पार्किङस्थल बनेकाले आजैदेखि ती क्षेत्रमा पार्किङ पनि निषेध गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ७ : १६ बजे