१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर स्वाथ्य कार्यालयको कोरोना भाइरस नियन्त्रण तयारी शुन्य


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

कोरोना भाइरस सचेतनाका लागि कार्यालयमा झुण्ड्याएको व्यानर । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२ फागुन ०७६, ललितपुर । ललितपुर मानभवनस्थित जिल्ला स्वास्थ्य कार्यालय पुग्दा पोस्टर र कोरोना भाइरस नियन्त्रणको पम्प्लेटलगायतले कार्यालयले झकिझकाउ देखियो । कार्यालयको माथिल्लो तला पुग्दा कोही कार्यालय आगन्तुक कोही भेटिएनन् । कार्यालय सुनसान थियो ।
सरुवा रोग नियन्त्रणकी मलेरिया अफिसर इन्दिरा भण्डारीले भनिन्, ‘कार्यालयमा सेवाग्राही कोही आउदैन । बजेट पनि छैन । अधिकार पनि छैन ।’
बजेट नहुँदा कार्यालयले कोरोना भाइरस नियन्त्रणका गतिविधि गर्न नपाएको गुनासो गर्नुभयो । भण्डारीले भन्नुभयो, ‘हामीलाई जिल्ला रेडक्रसले पोस्टर छापेर दिएको छ । कार्यालयमा आउनेलाई पोस्टर दिन्छौं पठाउछौं ।’
कोरोना भाइरसको शंकास्पद विरामी भेटिएपछि स्वास्थ्य कार्यालयले १५ जना सरोकारवालालाई बोलाएर छलफलबाहेक अरु गतिविधिहरु केही नगरेको उहाँको भनाई छ । ‘विएण्डवि, पाटनलगायतका अस्पतालमा शंकास्पद विरामी आए नआएको बुझ्छौं । हामीले गर्ने त्यही हो ।’ उहाँले भन्नुभयो ।
कार्यालयमा ललितपुरका अस्पतालमा विरामीको चाप बढेको वा नबढेको कुनै तथ्याङ्क नभएको उहाँको भनाई छ ।
शंकास्पद विरामी फेला पर्ने आशंकापछि सरकारले लगनखेलस्थित पाटनलगायत अस्पतालहरुलाई उपचार गर्न छुट्टै आइसुलेशन कक्ष बनाएको छ ।
तर पनि कोरोना भाइरस नियन्त्रण गर्नुपर्ने अवस्था आए दौडिने अवस्थामा स्वास्थ्य कार्यालय रहेको उहाँको दावी छ ।
ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालय संघीयता कार्यान्वयनपछि वागमती प्रदेश कार्यालयअन्र्तगत रहेको छ । सरकारले संघीयताको मर्म अनुसार स्वास्थ्यका गतिविधिहरु स्थानीय तह अन्र्तगत नगरपालिका र गाँउपालिकामा सिमित भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय काम विहीन बनेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : ३७ बजे