१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


दिईसकेको पुरस्कार पिजे क्लवद्धारा फिर्ता


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

गतसाता पुरस्कार ग्रहण गर्दै श्रेष्ठ । तस्विर ः पिजे क्लव

२ फागुन ०७६, काठमाडौं । पुरस्कार दिएको ७ दिनमा फिर्ता लिदा कस्तो होला ? फोटो पत्रकार क्लबद्वारा आयोजना गरिएको नेपाल फोटो प्रतियोगिता २०७६ को ‘नेपाल स्माइल्स’ विधामा प्रथम घोषित सुरज श्रेष्ठको तस्बिर मापदण्डअनुरुप नभएकाले भन्दै फोटोपत्रकार क्लवले लिर्ता लिने निर्णय गरेको छ । प्रतियोगिता नियमको बुँदा  नम्बर १४ मा ‘भ्रम पैदा गर्न प्रयोग गरिएको सम्पादन, छल वा हेरफेर तथा तस्बिरको फ्रेमभित्र कुनै विशेष कुराहरु थप्न वा हटाउन प्रतिबन्ध गरिएको उल्लेख’ भएपनि उक्त फोटोमा ती कुरा लागु भएकाले प्रतियोगिताको यही नियमअनुसार फोटो पत्रकार क्लबको केन्द्रीय समितिले उक्त तस्बिरलाई अयोग्य घोषणा गरेको दिपेश श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

अयोग्य ठहरिए गरिएसंगै बिजेताले प्राप्त गरेको ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार पनि क्लबले फिर्ता लिने निर्णय गर्दै नियम बिपरितको  तस्बिर  समावेश  गरेका  सुरज श्रेष्ठलाई  नेपाल फोटो प्रतियोगिताको आगामी ३ संस्करणसम्म सहभागिता जनाउन नपाउने गरी कारवाही समेत गर्ने निर्णय पनि गरिएको छ ।  नेपाल फोटो प्रतियोगिता २०७६ को नेपाल स्माइल्स विधाको विजेतामा संशोधन गरिएको जानकारी दिएको हो । उक्त विधामा नेपाल फोटो प्रतियोगिता २०७६ का निर्णायकहरुले  छनौट  गरि दोश्रो भएको सुलभ भक्त श्रेष्ठ, तेश्रो भएको नभेष चित्रकार र चौथो भएको सुशील कुमार श्रेष्ठको फोटोलाई क्रमशः पहिलो, दोश्रो र तेश्रो घोषणा गरिएको जानकारी दिइएको छ ।

साथमा विज्ञप्ती ः

 

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ६ : ४६ बजे