१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा अवैद्य निर्माण सामाग्री ओसारे जरिवाना


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

ललितपुर भट्टेडाँडास्थित भालुखोलामा वालुवा चाल्ने क्रममा सरसामान ओसार्दै टिपरहरु ।

२ फागुन ०७६, चापागाँउ । नगरपालिकाले स्वीकृति नलिइ ढुङ्गा,गिट्टीलगायत खानीजन्य सामाग्री ओसारपसार गरे कारवाही गर्ने भएको छ ।
नगरपालिकाको छैटौं नगरसभाको निर्णय अनुसार यसरी स्वीकृतविना निर्माण सामाग्री ओसार पसार गरेको भेटिएमा नगरपालिकाले जफत गर्ने बताइएको छ । जफत गरिएको सामाग्रीसँगै जरिवाना पनि सभाले तय गरेको छ । पहिलो पटक अनुमति बिना निर्माण सामाग्री ओसारेको पाइएमा रु १० हजार ५०० जरिवाना लाग्नेछ । दोस्रो पटक दोब्बर दस्तुर लाग्नेछ । तेस्रो पटक तेब्बर जरिवाना तथा अवैध रुपमा ढुङ्गा, माटो गिट्टी, बालुवा ओसारपसार गरी जफत गरिएको गाडीको जरिवाना प्रथम पटक रु सात हजार ५००, दोस्रो पटक दोब्बर दस्तुर र तेस्रो पटक तेब्बर जरिवाना लिने भएको बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : ५२ बजे