१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेपालमा नौलो मुहार चित्र शुरु हुने


३ फाल्गुन २०७६, शनिबार  

0
Shares


३ फाल्गुन ०७६, काठमाडौं । ललितकलाका कलाकारले साप्ताहिकरुपमा ‘मुहार चित्र’ बनाउने अभियान शुरुवात गरेका छन् । अन्तर्राष्ट्रय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा आजदेखि थालिएको अभियानअन्तर्गत कुनै व्यक्तिको प्रत्यक्ष मुहार हेरेर चित्र बनाइने गरिन्छ ।

आज अभियानको पहिलो दिन कलाकारले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यको मुहार चित्र बनाएका थिए । स्थलगत मुहार चित्रकला कार्यशालामा कलाकार एनवी गुरुङ, लालकाजी लामा, दीपेन्द्रमान बनेपाली, भीम श्रेष्ठ, डिराम पाल्पाली, लालकाजी लामा, बाबु साहिला, कान्छाकाजी भासिमा, विनोद गुप्तालगायतको सहभागिता रहेको थियो ।

यसमास्वयं कलाकारमा मुहार चित्र ९पोट्रेट० बनाउने सीपको विकास गर्नुका साथै यसलाई व्यवसायीकरण गर्ने उद्देश्यअनुरुप जलरङका माध्यामबाट उक्त अभियान थालिएको आयोजकले जनाएको छ ।

त्यस्तैगरि विशेष गरी कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तिलाई अगाडि राखेर प्रत्यक्षरुपमा चित्र बनाइने समाजका अध्यक्ष एनवी गुरुङले जानकारी दिए।

चित्रकारिताकै चुनौतीपूर्ण विधा भएकाले र यो प्रति नेपालमा कलाकारको उत्साह कम भएको हुँदा अभियानका माध्यामबाट यस विधालाई अगाडि ल्याउने प्रयास समाजको रहेको उनले बताउए।

नेपालमा मुहार चित्र बनाउने कलाकार न्यून छ । अन्य विधामा चित्र बनाउने कलाकारले कहिलेकाहीँ मागअनुसार मुहार चित्र बनाउने गरेको बताउँदै प्रतिष्ठानका कुलपति कर्माचार्यले अभियानले मुहार चित्रकलाको माहोल सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

पश्चिमा मुलुकमा निकै फस्टाएको मुहार चित्र बनाउने विधा नेपालमा गौण छ । यसअघि नेपालमा विभिन्न स्थानमा पुगेर प्रत्यक्षरुपमा दृष्य चित्र बनाउन गरिए पनि मुहार चित्रको विषयमा नियमित अभियान चलेको छैन । अहिलेको अभियानले कलाकारलाई उत्साह बढाउने विश्वास लिइएको प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य रमेशनाथ खनालले बताउए । उनले कलाकारको आफ्नै प्रयास कमजोर भएकाले पनि मुहार चित्र बनाउने कलाको व्यवसायीकरण हुन नसकेको बताए ।

त्यस्तै अर्का सदस्य लालकाजी लामाले मुहार चित्र बनाउन कलाकार अग्रसर नभइरहेको अवस्थामा आइडब्लुएसले अभियान शुरु गर्नु महत्वपूर्ण उपलब्धि रहेको र यसलाई निरन्तर अिघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : ११ बजे