१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सरकारले राजधानी तिनै शहरका खाल्टा पुर्ने


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

टौखेल सडकमा यात्रा गर्दै बटुवा । तस्विरहरु ः ललितपुर खबर

३ फागुन ०७६, काठमाडौं । सरकारले राजधानीका नाजुक सडकको मर्मत गर्ने भएको छ । राजधानीका सडकमा धुलो धुँवाका कारण हिड्नै समस्या भएको जनगुनासो व्यापक रुपमा बढेपछि सरकार यी सडकको मर्मत गर्ने निश्कर्षमा पुगेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ उपत्यकामा खाल्डाखुल्डी पुर्ने कामलाई तीव्र बनाउने बताउनु भएको छ । मन्त्री नेम्वाङ्ग समय समयमा निर्माण स्थलमा पुगेर अनुगमन समेत उहाँले गर्दै आउनुभएको छ ।
उपत्यकामा काठमाडौँका ९५ ललितपुरको ३८ र भक्तपुरको १९ स्थानमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
नागढुङ्गा सडक स्तरोन्नति तीव्र
काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नागढुङ्गामा सडक स्तरोन्नतिको काम तीव्र रुपमा भइरहेको छ । चेकपोष्टबाट पिपलमोडसम्मको झण्डै साढे दुई किलोमिटर सडकमा डिभिजन सडक कार्यालयले कालोपत्र थप्ने काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलिया, डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीलगायतले सडक स्तरोन्नतिको कामको आज स्थलगत अवलोकन गर्नुभयो । निरिक्षणपछि उहाँहरुले काम सन्तोषजन करुपमा अघि बढिरहेको जानकारी दिनु भएको छ ।
आगामी चैतसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि आगामी सातासम्म सम्पन्न गर्न गरी निर्माण अघि बढिरहेको देख्न सकिन्छ । सवारीसाधनको चाप उच्च रहेको सो सडक खण्डमा निर्माणमा समन्वय गर्न ट्राफिक प्रहरी नियमित खटिएका छन् ।
सो अवसरमा मन्त्री नेम्वाङले काठमाडौँ उपत्यका बाहिरका ठूला आयोजनासँगै उपत्यकाको सडक व्यवस्थित बनाउने काम शुरु भएको बताउनुभयो । नागढुङ्गामा दुई÷तीन वर्षमा सुरुङ बने पनि हालका लागि उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहजरुपमा आवतजावत गर्न सकुन् भनी सडक स्तरोन्नतिको काम अघि बढेको उहाँले जानकारी दिनुभयो । मन्त्री नेम्वाङ्ले भन्नुभयो, “विशिष्ठ व्यक्तिको भ्रमणमा वा ठूला कार्यक्रम हुँदा मात्रै होइन यो काम सडक विभागले नियमितरुपमा गर्नुपर्छ ।”

प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ थपलियाले सरकारले पहिलो चरणमा काठमाडौँ उपत्यकाको खाल्डाखुल्डी भर्न काम गरिरहेको बताउनुभयो । काठमाडौँ उपत्यकाका खाल्डा हटाइसकेपछि उपत्यका बाहिरका सडकमा समेत काम हुने उहाँले जानकारी दिनुभयो । उपत्यकामा धेरै स्थानमा खाल्डाखुल्डी पुर्नका लागि गत मङ्सिरमा नै ठेक्का सम्झौता भइसकेको थियो । आगामी चैतमा अवधि सकिने भए पनि त्योभन्दा एक महिना पहिले नै सम्पन्न हुने देखिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यस सडकको विकल्प नभएकाले सवारी साधन आलोपालो रोकेर निर्माणको काम भइरहेको जानकारी दिनुभयो । एकातिरको सडक १०÷१२ मिनेटसम्म रोकेर अर्का्तिर निर्माण हुने र फेरि त्यो दिशामा सवारी साधन चल्ने र अर्का्तिर निर्माण हुने गरी काम अघि बढेको छ । कालोपत्रको काम सकेसम्म सवारी साधनको चाप कम हुने समयमा भइरहेको छ । उहाँले भन्नुभयो, “सहजीकरणका लागि ट्राफिक प्रहरीको यहाँको युनिट नियमितरुपमा यहाँ खटिएको छ ।”
डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नेपालीले डिभिजनले स्तरोन्नति र मर्मतका काम गरिरहेका विभिन्न स्थानमध्ये यो सबैभन्दा कठिन स्थान भएको बताउनुभयो । ठाडो उकालो सडक र सवारी साधनको उच्च चाप भएकाले काममा सहज नभए पनि त्यसलाई व्यवस्थापन गरेर काम भइरहेको छ । डिभिजनले चालू आवमा झण्डै ४१ किमी सडकमा कालोपत्र थप्ने काम गरिरहेकामा १० किमीमा काम भइसकेको छ । उहाँले भन्नुभयो, “३१ किमी सडकमा पनि निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।”
सो सडकमा काम गरिरहेको निर्माण व्यवसायी वल्र्डवाइड कन्सट्रक्सनका प्रतिनिधि रामशरण बुढाथोकीले व्यस्त सडक भए पनि सबै पक्षबाट सहयोग मिलेकाले नियमित रुपमा अघि बढिरहेको बताउनुभयो । यस स्थानमा जारी काम आगामी १० दिनभित्रमा सम्पन्न भइसक्ने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १० : १७ बजे