२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विज्ञान तथा गणित प्रदर्शनी


५ फाल्गुन २०७६, सोमबार  

0
Shares

०५ फाल्गुन ०७६,ललितपुर । ललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ ।विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा उक्त विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले तयार गरेका सिर्जनात्मक सामग्री प्रदर्शनीमा राखिएका थियो ।

त्यस्तैगरि प्रदर्शनीमा हाइड्रोलिक डोजर, भ्याकुम क्लिनर, सोलर सिस्टम, चेन्ज अफ सिजन, बायोग्याँस प्रोडक्शन, भोल्कानो, सोलर सिस्टम, रिफ्लेक्सन अफ लाइट, म्याथ गेम, इन्भाइरोमेन्टल ब्यालेन्स, इलेक्ट्रिक बेल, वाटर इकोसिस्टम, ल्याण्ड इकोसिस्टम, साइन्स हाउस, एयर अकुपाइज् स्पेस, वाटर पम्पलगायतका सामग्रीको कक्ष समावेश रहेका थियो । त्यस्तै विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा उतार्न प्रेरित गरिएको साइन्स टिचर एशोसिएशन अफ नेपालका केन्द्रीय उपाध्यक्ष जयप्रकाश श्रीवास्तवले जानकारी दिनुभयो ।

https://www.youtube.com/@lalitkhabar

उक्त सिर्जनात्मक सामग्री विद्यार्थीले स्थानीय सामग्रीको प्रयोगबाट तयार गरेका हुन् । त्यस प्रदर्शनीको पूर्वविज्ञानमन्त्री गणेश साहलगायतका विशिष्ट व्यक्तिले अवलोकन गर्नुभएको थियो । विद्यार्थीको सक्रियता बढाउन र सिर्जनशील बनाउन वार्षिकोत्सवको अवसर पारेर प्रधानाध्यापक राजेन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । वार्षिकोत्सवका अवसरमा विद्यालयले बाल साहित्य महोत्सवको समेत आयोजना गरेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।