१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव हुने


५ फाल्गुन २०७६, सोमबार  

0
Shares

०५ फाल्गुन ०७६,काठमाडौं। चन्द्रागिरि नगरपालिकामा धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो ।

पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न पर्यटन उत्सव गर्न लागेको जानकारी दिनुभयो । धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेको उक्त स्थलमा उत्सवको तयारीसँगै आज सरसफाइसमेत गरिएको छ ।

त्यस्तैगरि वडा अध्यक्ष राजेन्द्र केसीले सरकारले तोकेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उत्सव आयोजना गरिएको बताए । उत्सवसँगै नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा थप सहयोग पुग्ने उनको भनाइ छ । सरकारले नेपाल भ्रमण वर्षका लागि एक सय गन्तव्यस्थलभित्र सूचीकृत गरेको इन्द्रदह र काजी कालु पाण्डेको समाधिस्थल रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ ।
उत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  २ : ०६ बजे