१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


लक्षु प्रकाश मल्लको संगीतमा विश्व रेकर्ड


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares


६ फागुन ०७६,काठमाडौं । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपालतथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ ।
ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टि्फिकेट समेत प्राप्त गर्न सफल भएको शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।
‘म वियोगमा बाँचीरहेँ’ संगीतले विश्व रेर्कड कायम गरेर नेपाली कलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको दावी गरिएको छ ।
गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप कुमार मल्लको रहेको छ । संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी दिइइको थियो ।
गीतकार साहित्यकार डा. दीलपकुमार मल्लले संगीतले आगामी दिनमा नयाँ उचाई कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गायिका देवी हमालले सो संगीतले नयाँ किर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गदेै संगीतबाट नेपाली कलाक्षेत्रमा नयाँ उत्साह ल्याउको बताउनु भयो ।
कार्यंक्रममा संगीतकारहरु राजु सिंह र नरहरि प्रेमीले गीतको समालोचना गनुृभयो ।

कार्यक्रममा संगीतकार राजु सिंहको हातबाट एभरेष्ट वल्र्ड रेकर्डको सर्टि्फिकेट संगीतकार लक्षु प्रकास मल्ललाई प्रदान गरिउको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : ५१ बजे