१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर नगरपालिकाको आयोजनामा एथलेटिक्स प्रतियोगिता हुदै


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares

६ फाल्गुन ०७६ , भक्तपुर । भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १६ वटा नगरपालिकाले भाग लिने र प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

त्यस्तैगरी अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका, ललितपुर महानगरपालिका, चाँगुनारायण नगरपालिका, रामेछाप नगरपालिका, कीर्तिपुर नगरपालिका, शङ्खरापुर नगरपालिका, मनोहरा कागेश्वरी नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चौडण्डीगढी नगरपालिका, टोखा नगरपालिका, भक्तपुर नगरपालिका, साँगाचोक चौतारागढी नगरपालिका, मन्थली नगरपालिका, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र विदुर नगरपालिको सहभागिता रहने भएको छ ।

यस प्रतियोगितामा फिल्ड इभेन्ट्सअन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्ट्सअन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ किमी (म्याराथुन), २१.०९ किमी (हाफ म्याराथुन) खेल समावेश गरिएको छ ।

त्यस्तै फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई तीन हजार, तेस्रो हुनेलाई रु दुई हजार, ट्रयाकतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई रु तीन हजार, तेस्रो रु दुई हजार नगद पुरस्कार पाउने छन् । म्याराथुनमा प्रथम हुनेलाई रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार तेस्रो हुनेलाई रु १० हजार, हाफ म्याराथुनमा प्रथम हुनेलाई रु. ३० हजार, दोस्रो हुनेलाई रु २० हजार, तेस्रो हुनेलाई रु १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।
यस अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको रु ३० लाख खर्च हुने अनुमान गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : ३० बजे