१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर गोदावरीको २७ सहकारी झोलामा


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares


६ फागुन ०७६, चापागाँउ । गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका एक सय २८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् ।
त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् । नगरपालिकाभित्र सञ्चालित एक सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको सहकारी शाखाप्रमुख श्रीकष्ठ घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्ष २०७५÷७६ भित्र गोदावरीमा रहेका कूल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक÷एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।” गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उहाँले बताउनुभयो ।
गोदावरीमा सहकारी शिक्षाको तालीम शुरु
गोदावरी नगरपालिका–१ गोदामचौर र २ विशङ्खुमा आजदेखि सहकारी शिक्षासम्बन्धी तालीम शुरु भएको छ । शाखाले सहकारी साक्षारतासम्बन्धी जानकारी दिने उद्देश्यका साथ उक्त एकदिने तालीम शुरु गरेको हो । तालीममा शाखाप्रमुख र सहकारी विज्ञले सम्पत्ति शुद्धीकरण, सहकारी एकीकरण, कोपोमिक्स र सहकारी नेतृत्व तथा व्यवस्थापनबारे शिक्षा दिने घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “यस तालीममा हामीले यी दुई वडाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिवार्य रुपमा उपस्थित भनेका छौँ ।” शाखाले बाँकी रहेका अन्य वडाका सहकारी सञ्चालक र प्रतिनिधिलाई समय मिलाएर तालीम दिने घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ३३ बजे