१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा बम राखेको आरोपमा सेनाका पूर्वहवल्दार पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares

६ फाल्गुन ललितपुर। ललितपुरको गोदावरीस्थित शुकराम मिजारको घरमा बम राखेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।
। पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त ४१ वषीृय पूर्व हवल्दार राजन कार्की सार्की रहेका छन् । मिजारको घरमा ग्रिनेड बम राखेर पैसा मागेका सार्कीलाई महानगरीय प्रहरी वृत्त, चापागाउँको टोलीले गोदावरीको५ लेलेबाट पक्राउ गरेको हो ।

हिजो सोमबार मिजारको घरमा राखिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको थियो । सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ३२ बजे