१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा सम्यक महादान पर्व


७ फाल्गुन २०७६, बुधबार  

0
Shares

सम्भ्यक महादानको फाइल तस्विर ।

७ फागुण ०७६, ललितपुर । हरेक पाँच वर्षमा एकपटक ललितपुरमा हुने सम्यक महादान पर्व यही फागुण १४ र १५ हुने भएको छ ।
हिरण्यवर्ण महाविहारको लागि इतिल्हने सम्यक महादान पर्वलाई लिच्छिविकालीन संस्कृति र सभ्यताको धरोहरको रुपमा लिईन्छ । सात सय वर्षदेखि यो पर्व निरन्तर चल्दै आएको छ ।
वि सं १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सो पर्व १८६२ साल देखि प्रत्येक पाँच वर्षको एकचोटी सञ्चालन गर्न थलिएको थियो । तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारीकरण गरेपछि गुठीको आम्दानी कम हुँदा पाँच वर्षमा एकचोटी आयोजना गर्न थालिएको थियो । अब हुन लागेको यो पर्व ५३ औं हो ।
पर्व सञ्चालनको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनसम्पर्क तथा प्रचारप्रसार संयोजक लोकमान शाक्यले बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो । यस पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरेको संस्कृति अध्येयता लोकरत्न शाक्यले पत्रकार भेटघाटमा बताउनुभयो ।
पर्वका पहिलो दिन राति काठमाडौं उपत्यका विभिन्न विहार र महाविहारबाट ल्याइएका १ सय २६ देवी देवताका मूर्तिलाई पाटन दरबार क्षेत्रमा राखिने छ । त्यसपछि दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा लगायत देवीदेवताहरुलाई परम्परागत बाजागाजाका साथ इतिहल्हने (नागबहालमा) लगिने छ ।
परम्परा अनुरुप फागुण १४ गते बुधबार बेलुकी ७ बजेदेखि देवीदेवतालाई क्रमबद्ध राख्न शुरु गर्ने र १० बजे सम्यक महादान हुने मुख्य स्थान नागबहालमा लगिने संयोजक शाक्यले बताउनुभयो । त्यसको भोलिपल्ट अर्थात फागुण १५ गते विहीबार महाविहारका २० ज्येष्ठ व्यक्तिले विशेष पुजाआजा गरी दान दिने परम्परा रहेको छ । यही दान दिने कार्य नै पर्वको मुख्य सार रहेको अध्ययेता शाक्यले बताउनुभयो ।

महादानबारे बुधबार पत्रकारहरुलाई जानकारी गराइदै ।

यस पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसंग सम्बन्धित रहेको छ । यसपर्वको शुरुआतसंग एउटा किवदन्ती चलनचल्तीमा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो । भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले । भरिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए । धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो ।धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ ।
पर्वमा रोटी दान दिनको लागि धार्मिक विधि पूर्वक चुल्हो बनाउने, र फागुण ६ गते नागबहालमा रहेको वासुकी नागराज र चम्पक नागराजको पुजा गरिएको थियो । फागुण ८ गते विहीबार योसि द्यः ठड्याउने कार्यक्रम रहेको पनि संयोजक शाक्यले बताउनुभयो ।
ललितपुर महानगरको १६ वडाबाट २ लाख ५० हजार सहयोग उपलव्ध हुने भएको छ । पर्व सञ्चालन गन ४० लाख रुपैयाँ आवश्यक पर्ने समितिका अध्यक्ष विकासरत्न धाख्वाले वताउनु भयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : ३६ बजे