४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खरिपाटी पुगेर पर्यटनमन्त्रीद्वारा अनुगमन


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

चीनबाट फर्किएका नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई बिहीबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिर्दै । तस्बिर ः रमेश गिरी\रासस

८फागुन ०७६, खरिपाटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको छ ।
सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज खरिपाटी पुग्नुभएका मन्त्री भट्टराईले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
कन्ट्रोल कक्षबाट उहाँले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारे जानकारी लिनुभएको हो । सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउदै उहाँले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिनुभएको थियो । उहाँले नेपालमा कोरोना भाइरस नरहेको र यसबाट डराउनुपर्ने अवस्था नरहेको भन्दै पर्यटन वर्ष २०२० लाई सफल पार्न सबै निकायबाट लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १० : ४९ बजे