९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चितवनमा भेटियो मंगोलियाको ‘पूर्वीय कुलबारी’ चरा


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares


९ फागुन ०७६, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष एवं चराविद् वासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले निकुञ्जमा बिहीबार सो प्रजातिको चरा भेट्नुभएको हो ।
जाडो छल्नका लागि मङ्गोलिया, जापानलगायतका देशबाट भारत हुँदै यो चरा नेपालमा आउने गरेको विडारीले बताउनुभयो । छिपछिपे पानीमा पाइने पूर्वीय कुलबारी चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमो पहिलोपटक भेटिएको उहाँले बताउनुभयो ।
सो चरा जाडो छल्न नेपाल आउने गरेको भए पनि अण्डा पार्न र बच्चा कोरल्न भने मङ्गोलिया तथा जापान नै पुग्ने बताइएको छ । नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ । नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।