९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खोकना पर्यटन महोत्सवको शुभारम्भ


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

उद्घाटन समारोहमा ६० जना कलाकारहरु परम्परागत बाजा बजाउदै । तस्विर ः ललितपुर खबर

१० फागुन ०७६, खाकना । ललितपुरको खोकनामा पर्यटन महोत्सवको शुभारम्भ भएको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभएको हो ।
भुकम्पपछि खोकना, स्थानीय शिप र संस्कृतीको जर्गेना भन्ने नाराका साथ शुरु यो महोत्सव ललितपुर महानगरपालिका २१ को आयोजनामा शुरु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले खोकनाको सास्कृतिक प्रदृशनी देखेर आफ” चकित भएको बताउनु भयो । उहाँले भन्नुभयो, हाम्रा पुर्खाका चालचलन रितीरिवाज कला संस्कृति खोकनामा अझैं जीवित रहेछन् । यसलाई बचाउन राज्यले लगानी गर्नुपर्छ ।
ललितपुरकी सासंद पम्फा भुसालले खोकनाको संस्कृति आधुनिक संस्कृतीको चपेटामा पर्नेतर्फ चिन्ता व्यक्त गर्दै फास्ट्रयाक,विद्युत प्रशारण लाइन,सुरुङ्गमार्गजस्ता परियोजनाबाट खोकनालाई टाढा राख्न सके राम्रो हुने बताउनु भयो ।
ललितपुर महानगरकी उपप्रमुख गिता सत्यालले पाटन आएका पर्यटक खोकना ल्याउन सकिने धारणा राख्दै यहाँका मौलिक संस्कृती मल्लकालीन चालचलन भेषभुसा बचाउन सके मात्रै पर्यटक खोकना आउने विचार व्यत्तः गर्नुभयो ।
समुद्घाटन कार्यक्रममा ३ सय बर्षअघिको एक घटनामा आधारित गीत ६० जना कलाकारहरुले परम्परागत बाजा बजाएर प्रस्तुत गरेको थिए भने स्थानीय सिकाली बाण्डले सुमधुर संगित पस्कियो ।
कृषिमा आधारित खोकनाको अर्थतन्त्रमा पर्यटन अर्को सहायक पाटो रहेको छ । युनेस्को विश्व सम्पदा सूचिका लागि प्रयासरत खोकना उपत्यकाको नेवारहरु मात्रै बस्ने शहरको रुपमा प्रख्यात छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : १८ बजे