१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खोकनालाई पुरानै स्वरुपमा फर्काइने


११ फाल्गुन २०७६, आइतबार  

0
Shares

फाइल तस्विर

११ फागुन ०७६, खोकना । ललितपुरको नेवारी बस्ती खोकनालाई भुकम्पअघिकै स्वरुपमा पुर्ननिर्माण गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले खोकनालाई पुरानै स्वरुपमा फर्काउन मन्त्रिपरिषद्ले योजना अघि बढाएकोे जानकारी दिनुभयो ।

२०७२ सालको विनासकारी महाभुकम्पले खोकनाका ७० प्रतशत घरहरु भत्केका थिए । भुकम्पपछि बनेका क्रक्रिटयुक्त घरहरुका कारण परम्परागत बस्ती खोकनालाई आधुनिकताको लेप लागेको छ ।

खेकनामा एउटा पनि गैरनेवारको बसोबास छैन ।

सांसद कृष्णलाल महर्जनले प्राचीन एवं मौलिक सांस्कृतिक सम्पदाको धनी खोकनालाई पर्यटकको आकर्षण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले महोत्सवले खोकनाको पहिचान र मौलिकता जगेर्नामा सहयोग गरेको विचार व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा भएको महोत्सवको समापन गर्दै प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकनामा घरबास सञ्चालन गरी यसलाई थप पर्यटकीय क्षेत्र बनाइने बताउनुभयो ।

सांसद नवराज सिलवालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन खोकना महोत्सव सफल भएको विचार राख्नुभयो ।

यही फागुन ९ देखि शुरु भएको खोकना महोत्सव करीब ४० हजार दर्शकको अवलोकन तथा  रु एक करोड कारोवार भई आज समापन भएको छ ।      महोत्सवका करीब ११० कक्षमा तोरीको तेल, नेवारी खाजा, हरियो तरकारी, हस्तकलाका सामग्री, चामल, चिउरा तथा पुराना भाँडाकुँडा, गोरखाभूकम्पका अवशेष आदि राखिएका थिए ।  काठमाडौँ उपत्यकाका साथै मकवानपुर, काभ्रेपलाञ्चोक, रुपन्देहीसमेतका दर्शक महोत्सवमा सहभागी भएको  महोत्सवका संयोजक तथा ललितपुर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ११ : ३८ बजे