४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्षद्वव ओली र दाहालबीच भेटवार्ता


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares

१२ फाल्गुन ०७६, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।
‘‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘सो डेलिकेशनका क्रममा उहाँहरुबीच मुलुकको समसामयिक र पार्टी सञ्चालनका विषयमा छलफल भयो ।’’थापाले दुई अध्यक्षको भेटवार्ता नियमित रहेको समेत बताउनुभयो । पार्टी अध्यक्ष दाहालसंँग भेटवार्ता भएपछि प्रधानमन्त्री ओली पोखरामा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानु भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ३ : ११ बजे