९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौमा फरि मौसम बदली


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares


१३ फागुन ०७६, ललितपुर । आज (मंगलबार) देशका विभिन्न ठाँउमा बर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले जानकारी दिएका छन् । हिउद सिजन शुरु भएसँगै हावा हुरी र चट्याङ्गको समेत खतरा छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी नेपालमा हिजोराती(सोमबार) देखि नै बर्षा भइरहेको छ छ ।
काठमाडौं उपत्यकालगायत मध्य तथा पूर्वी नेपालमा घमाइलो भएपनि विस्तारै बादलले छेक्नेछ ।
उहाँका अनुसार दिउँसोपससम्म काडमाडौंमा बदली भई साँझतिर बर्षा हुनेछ ।
पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली तथा वर्षाको सम्भावना गराएको उनले बताए ।

हिउँदयाम अर्थात् विन्टरको अवधि सकिएर प्रिमनसुन सुरु हुन लागेकाले अब मौसम चट्याङ, हावाहुरीसहित वर्षा हुनेतर्फ उन्मुख भइरहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

‘बिस्तारै चट्याङ र हावाहुरी सुरु हुँदै छ,’ उनले भने, ‘यो प्रिमनसुनी गतिविधि हुन्, यो बढ्दै जान्छ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ०६ बजे