७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अपाङ्ग सङ्घमा अनियमितता भएकोमा छानबिन गर्न माग


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

१३ फाल्गुन ०७६, काठमाडौं । काठमाडौंको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ ।अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र सीपमूलक तालीमका लागि ल्याइएको बजेट व्यवस्थापनले आफ्नो परिवारका लागि खर्च गरेको भन्दै नेपाल अपाङ्ग सङ्घ, सङ्घर्ष समितिले आज कार्यालय अगाडि प्रदर्शनसमेत गरेको छ ।

त्यस्तैगरी सङ्घर्ष समितिले सङ्घका नाममा रहेको जग्गामध्येबाट पाँच आना जग्गा निवर्तमान अध्यक्ष मोहन महर्जन नेतृत्वको व्यवस्थापनले कसैलाई जानकारी नदिई बेचेको आरोप लगाउँदै दुई महिनादेखि कार्यालयमा ताला लगाएको छ ।

त्यस्तै समितिका अध्यक्ष नरकुमारी कार्कीले तत्कालका लागि कुनै पनि काम कारवाही अगाडि नबढाउन भनी सर्वोच्च अदालतले दिएको आदेश विपरीत सङ्घको निर्वाचन गरिएकामा आपत्ति जनाएकी छिन् । सङ्घले खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अपाङ्गता नभएका व्यक्तिलाई भर्ना गरिएकामा विरोध गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ०९ बजे