१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेकपा विप्लव समूहद्वारा आज शैक्षिक आम हडताल


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

 

१४ फाल्गुन ०७६, काठमाडौं । नेकपा नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते आज बुधवार दिन शैक्षिक आम हडताल गरेको छ ।

नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हडताल सफल पार्न आग्रह गरेको छ । काठमाडौँ जिल्ला अध्यक्ष डि। बी शाहीले हिजो मंगलबार जारी गरेको विज्ञप्तिमा शैक्षिक हडताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गर्न अपिल गरिएको छ ।

त्यस्तैगरी संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गतेआज बुधबार नेकपा विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।

https://www.youtube.com/@lalitkhabar

गत फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले अभद्र ब्यवहारको मुदा लगाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।